८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


उद्योगपति लक्ष्मीदास मानन्धरको निधन


1.937k
Shares

काठमाडौं । समाजसेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धरको ९४ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमण भएपछि ह्याम्स हस्पिटलमा भर्ना हुनुभएका मानन्धरको मुटुमा समस्या आएपछि मृत्यु भएको हो ।

नेपाल साल्ट कर्पोरेसनको अध्यक्षसमेत रहनुभएका मानन्धरले नेपाल भाषाको विकास र नेपाल सम्वतको विकासमा योगदान गर्नुभएको थियो ।

मानन्धरका २ छोरा र २ छोरी रहेका छन् ।