
विराटनगर, फागुुन, १ । प्रदेश नम्बर १ मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश नामाकरणको प्रस्ताव तत्काल ल्याउन माग गरेको छ ।
प्रदेश सभाको बिहीबार बसेको बैठकमा कांग्रेस सभासदहरुले प्रदेश नामाकरणको बिषयमा सरकार अलमलमा परेको भन्दै प्रदेश सभामा नामाकरणको प्रस्ताव ल्याउन आग्रह गरेका हुन् ।
कांग्रेस संसदीय दलका उपसचेतक हिमाल कार्कीले प्रदेशको नामाकरण गर्ने बिषयमा सरकार अलमलमा परेकाले नेकपा अध्यक्षलाई नाम जुराईदिई ह्वीपसहित निर्देशन दिन पनि आग्रह गरे ।
कांग्रेसकै अर्का सभासद प्रताप प्रकास हाङनामले प्रदेश सरकार गठन भएको दुई बर्षसम्म पनि नाम विनाको प्रदेश रहेकाले अव नामाकरण गर्ने काममा ढिलाई गर्न नहुने बताए ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले संघीयताको मर्म र भावना विपरित संवैधानिक आयोगको पदाधिकारी नियुतिm गरेको भन्दै सरकारको कामको आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्