१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवरुद्ध मुग्लिन नारायणगढ सडक खुल्यो


663
Shares

चितवन । सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ ।

पहिरो पन्छाएपछि बिहान ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा सुख्खा पहिरो खसेर बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध हुँदा धेरै सवारी साधन जाममा परेका थिए, ती अहिले गन्तव्यतर्फ गएका छन् ।

मुग्लिन–नारायणगढ सडक पार गर्ने एक मात्रै सडक भएकाले वैकल्पिक मार्ग नहुँदा पटक पटक समस्या हुने गरेको छ ।