२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिममा कोरोना संक्रमण उच्च, संक्रमणदर ६० प्रतिशतभन्दा बढी


169
Shares

कैलाली । पछिल्लो केही समययता सुदूरपश्चिममा कोरोना संक्रमण निकै उच्च भएको छ ।

पुस तेश्रो सातासम्म न्यून रहेको संक्रमण पुस अन्तिम साताबाट तीव्र रूपमा बढेको हो । पछिल्लो समय प्रदेशमा परीक्षण गरिएका मध्ये ४० देखि ६० प्रतिशतमा संक्रमण देखिने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबार मात्रै ३ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार २ सय ७५ जनाको कोरोना परीक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

१ सय ३ जनाको पीसीआरमार्फत र २ सय ४२ जनाको एन्टिजेनमार्फत परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये १ सय ५४ जना आजै भारतबाट आएका नागरिक हुन् ।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ९५, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५७ र जुलाघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो ।