४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

एमाले अध्यक्ष ओलीलाई कोरोना


3.185k
Shares


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको लक्षण देखिएपछि शनिबार गरिएको पीसीआर परीक्षणमा उहाँमा संक्रमण पुष्टि भएको हो । शनिबार गरिएको एन्टीजेन परीक्षणमा ओलीमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर गरिएको थियो । एक एमाले नेताले ओलीमा संक्रमण पुष्टि भएको इमेजखबरलाई जानकारी दिए । यसैगरी ओलीकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दुबै जना भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आइशोलेशनमा बस्नु भएको छ ।