
बर्दिया, फागुन २ । जंगली जनावरले बालीनाली नोक्सान गरेपछि बर्दियाका किसानहरु चिन्तित बनेका छन् । जंगली जनावर बँदेल, निलगाईले हिउँदेवाली, तोरीसँगै तरकारी खेती नोक्सान गरेपछि किसानहरु चिन्तित बनेका हुन् ।
जंगली जनावरले आफ्नो बाली क्षति गरेको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्र्तीका अधिकांश किसानको दुखेसोे छ ।
राती जंगली जनावर करेसाबारीमा आउने र बालीनाली क्षती गर्ने गरेको गेरुवा गाँउपालिका– ३ सोनाहाफाटाका किसान राम औतार चौधरीले बताउनु भयो ।
बँदेलले बालीनाली नोक्सानी गरे पनि मार्न नपाइने भएकाले बँदेल धपाउन काठको खम्वामा डोरी झुन्ड्याएर डोरीमा भाँडाकुडा बाधेर आवाज दिने गरेको किसानको भनाई छ ।
झुन्ड्याइएको डोरीलाई तान्नकालागी परिवारका सदस्य जाग्राम बस्नुपर्ने बाध्यता रहेको किसानहरु बताउँछन् । बँदेलले निकुञ्ज मध्यवर्ती क्षेत्रका सोनाहफाटा, धनाहफाटा, अनामनगर, मनाउ, तथा भारतीय सिमावर्तीक्षेत्र खैरीचन्दनपुर शंकरपुर, सत्तारफारम लगायतका ठाँउमा नोक्सान गर्ने गरेको किसान बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्