
बागलुङ, माघ ९ । कर्मचारी कोरोना संक्रमित भएपछि मालपोत कार्यालय बागलुङको अति आवश्यक बाहेकका नियमित सेवा बन्द गरिएको छ ।
कार्यालयका चार जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि सेवा बन्द गरिएको हो ।
मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार सूचना जारी गर्दै जनशक्ति अभावमा अनिश्चतकालको लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी गराउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्