१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चितवनमा ढलमा अड्किएर गैंडा मृत


6.201k
Shares

चितवन, माघ ९ । चितवनको भरतपुरमा बन्दै गरेको सडकको ढलमा परेर एक पोथी गैंडाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार महानगरमा निर्माणाधिन ६ लेन सडकको ढल निकासका लागि बनाइएको नाला बाहिर परेर गैंडा मरेको हो ।

भरतपुर ९ गोन्द्राङस्थित पुर्व पश्चिम राजमार्गको नजिक रहेको नालामा खसेको गैंडा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गैंडा नालीमा परेको स्थान टिकौली जंगल नजिकै छ । टिकौली जंगलमा धेरै जनावरले सडक वारपार गरिरहन्छ ।

सडक बनाउदा जंगली जनावरको आवतजावतलाई ध्यान नदिई संरचना बनाउँदा गैंडा नालीमा खसेको हो ।