
फाइल फाेटाे
काठमाडौं । भारतमा ३ लाख ६ हजार भन्दा बढी मानिसमा कोरोना संक्रण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ३ लाख ६ हजार ६४ जना कोरोना संक्रमण भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार ३ लाख ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो भने ५ सय २५ जनाको मृत्यु भएको थियो ।
तर गत २४ घण्टामा संक्रमण र मृत्यु दरको संख्या आइतबारको तुलनामा २७ हजार ४ सय ६९ ले कम हो ।
त्यस्तै गत २४ घण्टामा ४ सय ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सोहि अवधिमा २ लाख ४३ हजार भन्दा धेरै संक्रमणमुक्त भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल भारतमा २२ लाख ४९ हजार सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्