१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


स्याङ्जा जिल्ला प्रशासन कार्यालयको सबै सेवा बन्द


923
Shares

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयले दिने सबै सेवा बन्द गरेको छ ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयका सबै सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।

प्रशासनमा कार्यरत कर्मचारीमा कोभिड संक्रमण पुष्टी भएको र केहीको रिपोर्ट आउन बाँकी रहेकाले आजबाट अर्को सूचना जारी नभएसम्मलागि प्रशासनको सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अत्यावश्यक सेवा बाहेकका सबै सेवा हाललाई स्थगित गरिएको कार्यालयले जनाएको छ ।