
web pic
काठमाडौं, माघ १० । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले सोमबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले नाराबाजीसहित मुल सडकमा टायर बालेका थिए । प्रहरीले प्रदर्शनकारी विद्यार्थीलाई तितरवितर पारेको थियो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध लगातार प्रदर्शन गर्दै आएको उक्त संगठनले बढाइएको मूल्य फिर्ता लिन माग गरेका छन् ।
नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ मूल्य बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस्