
फाइल तस्बिर
काठमाडौं, माघ १० । सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्रमा दोस्रो पटक हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।
खुम्बुपासाङ ल्हामु गाउँपालिका खुम्जुङमा तापक्रम झरेर माइनस १३ डिग्री सेलसियसमा पुगेको छ ।
स्थानीयहरु घरबाट बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बालेर ताप्ने गरेका छन् । पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका अधिकांश बासिन्दा चिसो छल्नकै लागि राजधानी काठमाडौंलगायत क्षेत्रमा पुगेका छन् ।
दैनिक सय हाराहारीमा उडान हुने तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा अहिले दैनिक २/३ उडान हुने गर्छ । पाइपमा पानी जम्दा गाउँबाट २० मिनेट टाढा मुहानको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्