११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


थपिए १० हजार ३१९ कोरोना संक्रमित, २५४० जना संक्रमणमुक्त


2.405k
Shares

काठमाडौं, माघ १० । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि ।

त्यस्तै, पछिल्लो २४ घण्टमा ४ जना संक्रमितको मृत्यु भएको छ ।

सोमबार कोरोना संक्रमणबाट २५४० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् ।