१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मछिन्द्र क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश


793
Shares

पोखरा, माघ १० । मछिन्द्र क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालमा सोमबार भएको क्वाटरफाइनलमा साविक विजेता संकटा क्लबलाई ४–१ गोलले हराउँदै मछिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

मछिन्द्रका लागि मेसुके ओलोमोउले दुई तथा उत्सव राई र अविशेक गुरुङले एक–एक गोल गरेका थिए । संकटाका गणेश हमालले एक गोल फर्काएका थिए ।

खेलको १२औँ मिनेटमा मछिन्द्रका उत्सव राईले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ४७औँ मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए । तर ६३औँ मिनेटमा संकटाका गणेशले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याए ।

त्यसपछि ८४औँ मिनेटमा अविशेकको गोलसँगै ३–१ गोलले अघि बढेको मछिन्द्रका लागि मेकुकेले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ४–१ गोलको सानदार जित दिलाए ।
अब मछिन्द्रले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । ए डिभिजनका ८ सहित १० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।