
बारा । बाराको सिमरा रंगशाला मर्मत नहुँदा जीर्ण हुँदै गएको छ ।
मधेस प्रदेशमै उत्कृष्ट बनाउने भनिएपनि रंगशालाको भौतिक प्रगति अझै हुन सकेको छैन । रंगशालामा करिब २ हजार दर्शक अट्ने गरी प्याराफिट निर्माण गरिएपनि अन्य भौतिक कार्य शून्य जस्तै रहेको छ ।
खेल मैदान, बिजुलीका पोल, वरिपरीको बार तथा शौचालय भद्रगोल अवस्थामा रहेको छ । टिकट काटेर मुलुकका अन्य प्रतियोगिता बन्द रंगशालामा सञ्चालन भइरहँदा सिमरा गोल्डकप दशकौंदेखि खुला चौरमै सञ्चालन भइरहेको छ ।
रंगशाला पूर्ण रुपमा निर्माण नहुँदा खेल आयोजले लाखौं खर्चेर मैदान बनाउनुपर्ने बाध्यता छ । खेल आयोजना गर्दा आयोजकले स्थानीय व्यापारी लगायतसँग चन्दा उठाएर मैदानको मर्मत गरी खेल खेलाउदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्