
काठमाडौं । भारतको महाराष्ट्रको वर्धामा कार दुर्घटना हुँदा विधायकका छोरा सहित ७ जना मेडिकल विद्यार्थीको मृत्यु भएको छ ।
सोमबार राति भएको दुर्घटनामा कारमा सवार ७ जनाको मृत्यु भएको हो । दुर्घटना वर्धा नजिकै तुलजापुर राष्ट्रिय राजमार्गको सेलसुरा शिवरमा भएको हो ।
भारतीय संचारमाध्यमका अनुसार सेलसुरा शिवर हुँदै जाँदा कारले जङ्गली जनावरलाई बचाउने क्रममा कार अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मृत्यु हुने सातै जना सवांगी मेघे मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।
मृत्यु हुनेमा तिरोडा विधानसभा क्षेत्रका भाजपा विधायक विजय रहांगडाका छोरा अविष्कार रहांगडा पनि थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले सामाजिक संजाल ट्वीटर मार्फत दुर्घटनामा परी मृत्यु भएकाका मृतकका परिवाररलाई २/२ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा समेत गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्