
बागलुङ । कोरोनाको तेस्रो भेरीएन्ट फैलिएसंगै लयमा आउन थालेको बाग्लुङको पर्यटन व्यवसाय पुनः ठप्प हुन थालेको छ ।
कोरोनाको दोस्रो लहरको संक्रमण घटेपछि प्रत्येक शनिबार एक हजार भन्दा बढी आन्तरिक पर्यटक आउने पञ्चकोट यतिखेर पुनः सुनसान देखिन थालेको हो ।
बागलुङ भगवती मन्दिर परिसमा पनि खासै पहिलेको तुलनमा दर्शनार्थीहरु निकै घटेका छन् ।
यस्तै, शालग्राम संग्रहालयमा समेत ओमिक्रनको प्रभाव परेको देखिन्छ । विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको पाङ जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गे पुलमा अवलोकनका लागि आउने पर्यटकहरु ह्वातै घटेका छन् ।
जिल्लाको चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन, भकुण्डे, निसीखोला, गाईघाट झरना, सहस्रधारा झरना, घुम्टे लगायतका स्थानमा केहि वर्ष यता आन्तरिक पर्यटकहरु बढ्दै गएका थिए । कोरोनाका कारण जिल्लाको पर्यटकीय गतिविधि ठप्प हुने अवस्थामा पुगेको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।
उहाँले कोरोना बढ्दासाथ प्रत्यक्ष मार पर्यटकीय क्षेत्र र होटलहरुमा पर्ने बताउँदै बन्दको बिकल्प खोज्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्