लिसंखुपाखरका वडा अध्यक्ष कैलाश थापासहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

news

काठमाडौं । आर्थिक अनियमितता गरेको आरोपमा वडा अध्यक्षहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खानेपानीको पैसा हिनामिना गरेको आरोपमा अख्तियारले सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ६ का वडा अध्यक्ष कैलाश थापासहित प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन र तत्कालीन लेखापाल सुरेन्द्र बहादुर तितजु, सव-इन्जिनियर लिल बहादुर पाण्डे, वडा नं ५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठ विरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

 थापाले खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत आफै बनी खानेपानी योजनाको कागजपत्र किर्ते बनाई रकम निकासा गरी ६ लाख रकम खाएको आरोप छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाख्रिन र लेखापाल तितजुले भुक्तानीको समयमा पेट्कु खानेपानीको भुक्तानी माग गर्दा नक्कली कागजपत्रलाई सदर गरी मिलीजुली भुक्तानी दिएको आरोप छ ।

त्यस्तै सव-इन्जिनियर पाण्डेले आयोजनाको काम सम्पन्न नहुँदै आयोजना सम्पन्न भयो भनेर गलत प्रतिवेदन दिएक, जोशी र श्रेष्ठले वडाध्यक्षसँग ४ लाख १० हजार रुपैयाँ मागेर व्यक्तिको खातामा राखेकोले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।  

थापाले पेट्कु खानेपानी आयोजना र मायाखोला मुहान फरक-फरक आयोजनालाई एउटै आयोजनासँग समावेश भएको हो भनी स्वीकृत नभएको आयोजनालाई छुट्ट्याएको रकम पेट्कु खानेपानीलाई हाल्ने भनी गैरकानूनी तवरले झुठ्ठा कागजपत्र बनाई पैसा निकालेको अख्तियारको आरोप छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...