काठमाडौं, माघ ११ । विश्व बैंकको सहयोगमा नेपाललाई प्राप्त हुने मोडर्ना खोपको पहिलो डोज खोप आइपुगेको छ ।
विश्व बैंकले कोभ्याक्स सुविधा अन्तर्गत् नेपाललाई ४० लाख डोज मोडर्ना खोप उपलब्ध गराउन लागेको मध्ये मंगलबार १६ लाख ६० हजार डोज खोप आइपुगेको हो ।
बाँकी खोप पनि छिटैनै आइपुग्ने बैंकले जनाएको छ । यी खोप नेपालका १२ देखि १७ बर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई लगाइने छ ।
प्रतिक्रिया दिनुहोस्