
काठमाडौं, माघ ११ । शेयर बजारमा गिरावट आएको छ ।
मंगलबार पनि नेप्से परिसूचक ५.९२ अंकले घटेर २८२४.७४ बिन्दुमा झरेको छ ।
सोमबार शेयर बजारमा भारी गिरावट आएको थियो । त्यसदिन नेप्से १००.१० अंकले घटेर २८२०.४१ बिन्दुमा आइपुगेको थियो ।
सोमबार ८ अर्ब ८८ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको शेयर बजारमा मंगलबार पाँच अर्ब ३९ करोड ५७ लाख ७२ हजार रुपैयाँमात्र कारोबार भएको छ ।
मंगलबार २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार कारोबारमा आएका दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्