
फाइल तस्बिर
काठमाडौं, माघ ११ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाल मंगलबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
कोरोना संक्रमणको पुष्टि भएपछि दाहाललाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार आएपछि मंगलबार डिस्चार्ज गरेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्