
प्रतीकात्मक।
काठमाडौं, माघ ११ । रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटिएको छ ।
देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीले जानकारी दिनुभयो ।
पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।
कसैले हत्या गरेर शव छाडेर गएको हुनसक्ने अनुमान गरिएको छ । शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाउको छ ।
प्रतिक्रिया दिनुहोस्