
स्याङ्जा, माघ ११ । स्याङ्जाको चापाकोट नगरपालिका ७ पिपलछापस्थित २७ महिनाकी बालिका मारेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव ढकाल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
ढकालले आफ्नै सहोदर भाइकी छोरी २७ महिनाकी सुबिना ढकाललाई ज्यान मार्ने मनसायले दुबै खुट्टामा समाई टाउको पटक पटक जमिनमा पछारी अचेत बनाइ छाडेका थिए । अचेत अवस्थामा रहेकी बालिकालाई उपचारको लागि पाल्पाको रामपुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको थिए ।
बालिकाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पठाइएको र त्यसपछि आफन्तनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
घटना आरोपी बासुदेव ढकालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट सात दिनेको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्