
काठमाडौं, मंसिर ११ । नेपाल र मरिससबीचको मैत्रीपुर्ण फुटबलमा सिमित दर्शकहरुले दशरथ रंगशाला प्रवेश पाउने भएका छन् ।
कोरोना महामारीका कारण अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रंगशाला प्रवेशमा रोक लगाएका बेला नेपाल र मोरिससबीचको खेल १५ र १८ गते हुँदै छ ।
यो प्रतियोगिताका लागि एक तिहाई दर्शकलाई प्यारापिटमा प्रवेश अनुमति दिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
यसैगरी खेल हेर्नका लागि ५ सय र १ हजार रुपैयाँको टिकट पनि तय गरिएको एन्फाले जनाएको छ । भीआईपी तर्फको प्यारापिटमा बसेर हेर्न चाहनले १ हजार तिनुपर्ने छ भने साधारण प्यारपिटमा बसेर हेर्न चाहने दर्शकले ५ सय तिर्नुपर्ने छ । यसैगरी रंगशाला प्रवेशका लागि खोप कार्ड पनि अनिवार्य गरिएको छ । कार्ड नभएकाले पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्ने जनाइएको छ । खेल साँझ पौने ५ बजेदेखि शुरुहुने छ ।
नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि मोरिससको टिम सोमबार नै काठमाडौं आइपुगिसेको छ ।
प्रतिक्रिया दिनुहोस्