१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोलुखुम्बुमा रंगशाला निर्माण हुँदै


377
Shares

काठमाडौं, माघ ११ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ४ स्थित कोर्कुमा रंगशाला निर्माणको काम अघि बढेको छ ।

स्थानीयबासीले उपलब्ध गराएको करिब २ सय ७० रोपनीभन्दा बढी जग्गामा गाउँपालिकाले रंगशाला बनाउँदै छ । संघीय सरकारले आर्थिक वर्षको बजेट भाषणबाट एक गाउँपालिका एक खेल मैदान निमार्ण गर्ने योजना अगाडि सारेसँगै खेलकुद विकासका लागि सरोकारवालाहरु जोडिन थालेका छन् । प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीले पालिकाले तयार पारेको डिपिआरलाई प्रदेश सरकारले रकम विनियोजन गरेर पूर्णता दिने बताउनुभयो ।

करिब ३५ घर धुरीले उपलब्ध गराएको जग्गामा अहिले रंगशाला निमार्णको काम तीव्रता पाएको छ ।

गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले एकै पटक ब्याडमिन्टन, भलिबल र फुटबल खेल सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको बताउनुभयो ।