सरकारको उपलब्धि: दुईवर्षमा जाडोका कारण कसैले ज्यान गुमाउनु परेन

news

काठमाडौं । विगतमा दुईवर्ष यता जाडोका कारण कसैले ज्यान गुमाउनु नपरेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।

संसदमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृतवमा सरकार बनेसँगैं कठ्याङ्रिएर  र शीतलहरका कारण कोही कसैले ज्यान गुमाउन नपरेको बताएका हुन् ।

उनले राष्ट्रियसभा निर्वाचनले पनि जनता के चाहान्छन् भन्ने प्रष्ट भएको बताए । उनले समग्रतामा सिट संख्या र मतको संख्याले पनि सरकारको समर्थन बढी आएको कुराले सरकारसँग जनता खुशी भएको बताएका छन् ।

उनले ४० वर्षपछि त्रिभुवन विमानस्थल समयमै बनेको बताए ।  धेरै ठाउँमा एयरपोर्टको विकास विस्तार र रात्रिकालीन सेवा सुरु भएको उनको दाबी छ ।

सरकार बनेसँगैं दुईवर्षमा सरकारले गरेको कामबारे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरिरहेका छन् । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...