
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर युवालाई अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
बुधबार संचारकर्मीसँग कुराकानी गर्दै उहाँले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पु¥याई नेपाली युवाहरुलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गर्नु भएको छ ।
ठगीमा परेका नागरिकहरुले आफ्ना गुनासोहरु सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन समेत आग्रह गर्नु भयो ।
उहाँले दलालहरुबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरुको खोजि, श्रम सम्झौता र विभिन्न देशका कुटनीतिक नियोगसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको बताउनु भयो ।
उहाँले दलालहरुले नेपाल सरकारले प्रतिबन्ध गरेका देशहरुमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगिरहेको भन्दै त्यसतर्फ सचेत भई यस्ता काम हुन नदिन मन्त्रालयमा सम्पर्क गरेर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्