
कैलाली, माघ १२ । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी हुनुभएको छ ।
शाह नेकपा (एकीकृत समाजवादी) पार्टीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत हुनुहुन्छ ।
उहाँ सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।
निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्