
काठमाडौं, माघ १२ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारको पक्षमा ३ हजार ३१२ मतभार पुगेको छ ।
निर्वाचनमा राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी), कुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा) र युवराज शर्मा (कांग्रेस) का उम्मेदवार विजयी भएका हुन् ।
तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्य र २१३ स्थानीय तहका मतदाताले भोट खसालेका थिए । राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्