१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश


52
Shares

काठमाडौं, माघ १२ । एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनलमा मछिन्द्र क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

एफीएफका लागि सनिश श्रेष्ठ, प्रदीप लामा र नवीन लामाले एक–एक गोल गरेका थिए । यस्तै मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काएका थिए ।

खेलको २५औँ मिनेटमा एपीएफका सनिशले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४०औँ मिनेटमा मछिन्द्रका ओमोलाजाले गोल गर्दै खेललाई एक–एक गोलको स्थितिमा ल्याए । त्यसपछि ६९औँ मिनेटमा प्रदीप र इन्जुरी समयमा नवीनले गरेको गोलसँगै एपीएफ ३–१ गोलले विजयी भयो ।

अब एपीएफले मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्ने छ । मनाङ र आर्मीबीचको सेमिफाइनल भोलि हुनेछ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।