
हेटौंडा, माघ १२ । राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन् ।
प्रदेश र स्थानीय तहबाट खसेको मतको मतभार अनुरुप विजयी तिमल्सिनाले चार हजार ८२४ मत प्राप्त गर्नुभएको छ भने पौडेलले ४ हजार ७९४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, विपक्षी दल नेकपा एमालेबाट निरुकुमारी कुँवरले ४ हजार ३६२ मत प्राप्त गर्नुभएको छ भने अन्यमा उम्मेदवारी दिएका गोपाल शाक्यले ४ हजार ३४४ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेमकिपाबाट महिलामा उम्मेदवारी दिर्नुभएकी गीता काफ्लेको १३२ मत र अन्यमा कृष्णबहादुर तामाङले १३२ मत प्राप्त गर्नुभएको छ ।
बागमती प्रदेशमा प्रदेश सभा सदस्य १०६ जनाले र स्थानीय तहका २३७ जनाले मतदान गर्नुभएको थियो । प्रदेश सभा सदस्यको एक मतको ४८ मतभार हुन्छ भने स्थानीय तहको एक मतको १८ मतभार रहन्छ ।
प्रतिक्रिया दिनुहोस्