१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्युवामा सात सय बढीलाई मुद्दा दायर


91
Shares

काठमाडौं । शान्ति सुरक्षा बिथोलेर राष्ट्रघाती काम गरेको आरोपमा क्युवामा सात सय भन्दा बढीलाई मुद्दा दायर गरिएको छ ।

गत वर्ष सरकारको विरोधमा प्रदर्शन गर्ने उनीहरुलाई सार्वजनिक प्रशासन कार्यालले मुद्दा दायर गरेको हो ।

यसअघि पनि यही विषयलाई लिएर १७२ जनालाई मुद्दा चलाएर सजाय तोकिएको थियो ।

यता, मानव अधिकारवादी अभियन्ताहरूले भने मुद्दा पक्षपातपूर्ण भएको भन्दै आलोचना गरेका छन् । मुद्दा दायर गरिएकाहरू ५५ देखि १६ वर्ष उमेरका रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दसकौंपछि भएको क्युवाको सबैभन्दा ठूलो विरोध प्रदर्शनको क्रममा सयौं सर्वसाधारण पक्राउ परेका थिए ।

गत वर्षको जुलाईमा कम्युनिस्ट टापु राष्ट्र क्युवामा खाद्यान्न तथा औषधिको अभाव, मूल्युवृद्धि र कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भएको सरकारी प्रयास प्रति असन्तुष्टि जनाउँदै हजारौं जनताले सडक प्रदर्शन गरेका थिए ।