
web pic
रौतहट । रौतहटमा मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
गरुडा नगरपालिका–४ बैरियामा बुधबार राति भएको दुर्घटनामा परी गढीमाई नगरपालिकाका १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
गरुडाबाट मलाही टोल जाने क्रममा उनीहरु चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो । मोटरसाइकल दुर्घटनामा घाईते दुबै लाई उपचारको लागि ग्राण्डी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रीराम भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्