
काठमाडौं, माघ १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँहरुबीच झण्डै एक घण्टा भएको भेटवार्तामा कोरोना संक्रमण, स्थानीय तहको चुनावलगायत समसामयीक विषयमा कुराकानी भएको बुझिएको छ ।
स्थानीय तहको निर्वाचन बैशाखबाट पर सार्ने विषयमा सत्तारुढ गठबन्धनमा छलफल भइरहेका बेला प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुभएको हो ।
प्रतिक्रिया दिनुहोस्