
काठमाडौं, माघ १३ । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार सञ्चालित खोकना आरोग्याश्रममा पुगेर संघले आज कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण गरेको हो ।
संघले जापानमा रहेको द निपुन फाउण्डेशनको आर्थिक सहयोगमा २ सय थान ब्ल्याङ्क्वेट र २ सय थान ज्याकेट वितरण गरेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले बताउनुभयो । त्यसका साथसाथै संघले सेनिटाइजर, साबुन, मास्क पनि सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
आरोग्याश्रममा रहनुभएका कुष्ठरोग प्रभावितहरुले जाडोमा न्यानोको लागि ब्ल्याङ्क्वेट र ज्याकेट पाएपछि खुशी व्यक्त गरेका छन् ।
संघले आगामी दिनमा पनि मानविय सेवाको कामलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्