१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सचेतना जगाउँदै प्रमुख जिल्ला अधिकारी


130
Shares

तेह्रथुम । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेका बेला तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे जिल्लाका मुख्य मुख्य बजारमा नागरिकलाई सचेत गराउन आफै निस्किनु भएको छ ।

जिल्ला सदरमुकाम म्याङ्लुङ, फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजार, जिरी लसुने, वसन्तपुर तथा छथर गाउँपालिकाको केन्द्र शुक्रवारे बजारलगायत स्थानमा प्रजिअ घिमिरे पुग्नु भएको हो ।

सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण नहुने भएकाले नागरिक आफै सचेत हुन आवश्यक रहेको प्रजिअ घिमिरेले बताउनु भयो ।

बजार केन्द्रमा मास्क नलाइ हिँडेमा प्रहरीले एक सय रुपैयाँ कारवाही स्वरुप लिने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।