
काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै नाडाल उपाधि नजिक पुगेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा नाडालले माटियोलाई ६–३, ६–२, ३–६ र ६–३ को सेटमा पराजित गरेका हुन् ।
अब नाडालले उपाधिका लागि ग्रीसका स्टेफानोस सित्सिपास र रुसका डानिल मेदभेदेबको विजेतासँग खेल्ने छन् ।
प्रतिक्रिया दिनुहोस्