
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व–अध्यक्ष कमल थापाले विविध बहानामा चुनाव टार्नु संविधान विपरित र प्रतिगामी कार्य हुने बताउनु भएको छ ।
उहाँले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, नेपालको संविधानले नै कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको बताउनु भएकाे छ ।
‘संविधानमा तीन तहको सरकारको व्यवस्था कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा नभएको उहाँको तर्क छ ।
सोही मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानून बनेको उहाँले बताउनु भएको छ ।
सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी अशोजमा गर्ने गरी कानून संशोधन गर्ने प्रयास लागिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व–अध्यक्ष कमल थापाले खबरदारी समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्