
रसुवा, माघ १४ । रसुवामा १८ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिकले खोप लगाएका छन् ।
योसँगै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाए सँगै रसुवा जिल्ला कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला समेत बन्न सफल भएको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउनयोग्य २९ हजार १ सय ६ जना रहेकोमा २९ हजार १ सय १ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । त्यसैगरी, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप ९५ प्रतिशतले पाएका छन् ।
कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिसिल्ड खोप १ हजार ३० जनाले पाएका छन् । २० हजार १ सय ५६ जनाले भेरोसेलको दोस्रो मात्राको खोप पाएका छन् । एक मात्रा मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन खोप २ हजारलाई लगाइएको जनाइएको छ भने ४ हजार २ सय ५६ जनाले एस्ट्राजेनेकाको खोप लगाइएको जनाइएको छ ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका ४ हजार ७ सय ४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य अनुसार ३ हजार ४ सय ३ जना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्