
काठमाडौं, माघ १४ । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणका दोषीलाई कारबाहीको प्रकृया अझै अगाडी बढ्न सकेको छैन् ।
ठेक्का प्रकृया गलत भएको निष्कर्षसहित छानबीन समितिले प्रतिवेदन सरकारलाई बुझाएको तीन साता बितिसक्दा पनि कारबाही प्रकृया अगाडी नबढेको हो ।
पर्यटन मन्त्री प्रेमबहादुर आलेले ठेक्का प्रकृयामा दोषी पाइए कारबाही गर्ने बताउँदै आएपनि प्रतिवेदन बुझाएको लामो समयसम्म कारबाही प्रकृया सुरु भएको छैन् ।
नारायणहिटी प्रकरणलाई लिएर नागरिक स्तरबाट राम्रो प्रतिक्रिया पाउनुभएका मन्त्री आले नयाँ–नयाँ प्रकरण खोज्दै हिड्दा यो विषयको अन्तिम किनारा लाग्न सकेको छैन् ।
बरु मन्त्री आलेको निर्देशनमा पशुपति धर्मशालाको टेण्डर प्रक्रिया रद्द गर्ने निर्णय गरेपनि प्रकृया रद्द नभएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्