१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्थानीय तहको निर्वाचन सार्ने काम गरे संविधाननै समाप्त हुन्छ : पूर्वप्रधानन्यायाधीश पराजुली


390
Shares

काठमाडौं, माघ १४ । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त हुने चेतावनी दिनु भएको छ ।

स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने पूर्वप्रधानन्यायाधीश पराजुलीको धारणा छ । उहाँले स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः डेमोक्रेटिक सिष्टमनै नरहने अवस्था आउने पनि बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सूचालु गराउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत गर्नु भयो । उहाँले सो आयोगले अनुसन्धान गरेर, जाँचबुझ गरेर मात्रै न्यायालयलाई अगाडि बढाउन सक्ने तर्क पनि गर्नुभयो ।