
फाइल तस्विर
काठमाडौं, माघ १५ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक शनिबारनै दोस्रो पटक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
शनिबार बिहान बसेको गठबन्धनको बैठकमा समयमै चुनाव गर्नेबारे नेताहरुबीच सकारात्मक छलफल भएको थियो ।
बैठकले शनिबारनै स्थानीय तह चुनावको मिति तोक्नसक्ने पनि बताइएको छ । नेपाली कांग्रेसभित्र चुनाव सार्न नहुने मत बलियो भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा हुनुहुन्छ ।
चुनाव सार्नु वा वैशाखमा नगर्नु संविधानविरुद्ध हुने भएकाले कांग्रेसले संविधानविरुद्ध जान नहुने नेताहरुको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै स्थानीय तह निर्वाचन गर्न सरकारलाई निरन्तर दाबाब दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्