१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आहा-रारा गोल्डकप फुटबलको उपाधि एपीएफलाई


208
Shares

काठमाडौं, माघ १५ । आहा-रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफ क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङ मसर््याङ्दी क्लबलाई टाईब्रेकरमा हराउँदै एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । पेनाल्टी सुटआउटमा ओलावाले असफल भएपछि ६ पटकको च्याम्पियन मनाङ उपाधिबाट बञ्चित हुन पुग्यो ।

उनको प्रहारलाई एपीएफका कोरियन गोलकिपर युया कोरियामाले रोकेका थिए । एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम टाइब्रेकरमा सफल बने ।

मनाङका फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरे । यो जितसँगै एपीएफले उपाधि सहित १० लाख रुपैयाँ हात पारेको छ भने उपविजेता मनाङले ५ लाख रुपैयाँमा प्राप्त गरेको छ ।