
काठमाडौं, माघ १५ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले मूलुक नै आतङकित बनाईरहेका बेला पर्यटन व्यवसाय पुनः थला पर्ने स्थितीमा पुगेको छ । पर्यटकको थलो नै मानिने प्रसिद्ध पर्यटकिय स्थल ठमेलका अधिकाशं व्यापार व्यवसाय तथा होटल व्यवसाय करिब ३ वर्ष यता पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् । आर्थिक रुपमा धराशायी बन्नु र पर्यटकको आवागमन समेत ठप्प हुँदा व्यवसाय नै विस्थापित हुने जोखिम रहेको व्यवसायीहरु गुनासो गर्छन् ।
काठमाडौंको प्रसिद्ध पर्यटकिय स्थान ठमेल । दिनरातै पर्यटकको भिडमभिड रहने यो स्थानमा कोरोनाका कारण करिब ३ वर्षदेखि पर्यटकको संख्या नगन्य छ । कोभिडको दोस्रो लकडाउन सकिएससँगै आफ्नो व्यापार व्यवसायमा केहि राहत महसुस गरेका व्यवसायी, फेरि कोरोनाको नयाँ भेरियन्ट आएसँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । कोभिडको नयाँ भेरियन्ट देखिएसँगै पर्यटन व्यवसायलाई नराम्रोसँग प्रभाव परेको व्यापारिहरुको गुनासो छ ।
कोेरोनाका कारण व्यवसाय थला परेको समयमा खोप सहजीकरण गरिदिन व्यवसायीले माग गरेका छन् । कोरोनाले आक्रान्त बनाएको आपतकालिन समयमा पर्यटन व्यवसायलाई सहज बनाउन अचुक हुने उनीहरुको विश्लेषण छ । उनीहरुले मुलुकभरका सबै पर्यटकीय क्षेत्रमा स्वास्थ्य मापदण्डका सम्पूर्ण आवश्यकता पूरा गरिदिन सकारसँगमा माग गरेका छन् ।
पर्यटन क्षेत्रमा कोभिड १९ अभिशाप नै बनेर आएको व्यवसायीहरु बताउँछन् । डुबेका व्यवसायहरुलाइ पुुर्न उत्थान गर्नका लागि एउटा गुरु योजना बनाएर अघि बढ्न सके धुकधुकी रहेको पर्यटनक्षेत्रका लागि कडी हुने व्यवसायीको विश्वास छ ।
विश्वका सबै व्यवसायकि क्षेत्रमा यतिबेला कोरोनाले नकारात्मक असर पारिरहेको छ । त्यसमध्ये पनि पर्यटन व्यवसाय बढी आक्रान्त छ । कुल ग्राहस्र्थ उत्पादनमा समेत महत्वपुर्ण योगदान पु¥याएको क्षेत्रमा प्राण भर्न सरकारले अल्पकालीन र दीर्घकालीन योजनासाथ सक्रिय पहलकदमी लिन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्