
भैरहवा, माघ १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बुद्ध जयन्ती अगाडि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
शुनिबार विमानस्थलको निरीक्षण गर्दै मन्त्री आलेले अहोरात्र खटेर भए पनि बुद्ध जयन्ती अघि नै विमानस्थल सञ्चालनमा ल्याउन प्राधिकरणलाई निर्देशन दिनुभयो ।
अहिले विश्वको ध्यान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेकाले यसलाई समयमै सञ्चालनमा ल्याउन सके पर्यटन प्रबद्धनमा ठुलो टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्