४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


भगवती लेमिनेट्स २५ करोड राजस्व छली प्रकरण : स्सञ्चालकलाई ५० करोड जरिमाना र पाँच वर्ष जेल हुन सक्ने


1.69k
Shares

काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिले एक वर्षमा मात्रै २५ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको प्रमाण फेला परेको छ ।

राजस्व छली प्रकरणमा सो प्रालिलाई ५० करोड रुपैयाँ जरिमाना हुनुका साथै त्यसका सञ्चालकहरूलाई पाँच वर्षसम्म जेल सजाय हुन सक्ने देखिएको छ ।

भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा मात्रै नक्कली बिल ९कच्चा बिल०मार्फत ८० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको थियो ।

कच्चा बिलमार्फत् कारोबार गर्दा भगवती लेमिनेट्सले सरकारलाई कम्तीमा पनि २५ करोड रुपैयाँ राजस्व छली गरेको प्रमाण फेला परेका छन् ।

राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्समाथि छानबिन गर्दै आइरहेको छ । विभागले केही समयअघि मात्रै भगवती लेमिनेट्सको मेचीनगर–१० झापास्थित केन्द्रीय कार्यालयमा छापा मारी राजस्व छलीसम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।

विभागका अधिकारीका अनुसार भगवती लेमिनेट्सका महŒवपूर्ण कागजातको अध्ययन गर्नुका साथै यसका सञ्चालक र उच्च कर्मचारीमाथि समेत छानबिन भइरहेको छ ।

सो प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छल्दै आइरहेको छ । यसैक्रममा उसले एक वर्षसम्म कच्चा बिलमार्फत ८० करोड रुपैयाँ बढीको कारोबार गरेको खुलासा केही दिनअघि मात्रै भएको थियो ।

राजधानी