१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुख्यमन्त्री नियुक्त भएको तीन महिनामा पनि कर्णाली प्रदेश सरकारले पूर्णता पाउन सकेन्


65
Shares

काठमाडौं । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पुग्दा पनि कर्णाली प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन ।

नेपाली कांग्रेसका जीवन बहादुर शाही मुख्य मन्त्रीमा नियुक्त भएको तीन महिना पुगे पनि मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको हो ।

मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा माओवादी केन्द्रले चार र समाजवादीले तीनवटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छन् । यसो गर्दा कांग्रेसको भागमा मुख्यमन्त्रीबाहेक कुनै पनि मन्त्रालय नपर्ने भएपछि मन्त्रीमण्डल विस्तार नभएको हो ।

कांग्रेसले आफूले दुई मन्त्रालय राखेर माओवादीलाई तीन र समाजवादीलाई दुई मन्त्रालय दिएर मन्त्रीमण्डललाई पूर्णता दिने कसरतमा छ ।

हाल सरकारमा माओवादी केन्द्र र समाजवादीबाट एक–एक जना मन्त्री छन् । कर्णाली प्रदेशमा माओवादी केन्द्र सबैभन्दा ठूलो दल हो । माओवादी केन्द्रसँग १२ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग ६ र नेकपा एकीकृत समाजवादीसँग ३ सांसद छन् ।