
फाइल तस्बिर
काठमाडौं । लमजुङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यस वर्ष धान उत्पादन बढेको हो ।
१४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७ सय ७६ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गतवर्ष १४ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीबाट ४४ हजार ४ सय २५ मेट्रिकटन धान उत्पादन भएको थियो ।
गतवर्षको तुलनामा यो वर्ष २० हेक्टर क्षेत्रफल कम जमिनमा धानखेती गरिए पनि ३ सय ५१ मेट्रिकटन उत्पादन वृद्धि भएको ज्ञान केन्द्र लमजुङले जनाएको छ ।
जिल्लामा भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलैंचेफाँट रामचोकबेँसीलगायत क्षेत्रमा धान उत्पादन राम्रो भएको केन्द्रले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्