१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


६ वर्षीया बालिकाको पेटमा भेटियो डेढ किलो कपाल


871
Shares

काठमाडौं । भारतको हरियाणा शहरमा एक ६ वर्षीया बालिकाको केहि दिनदेखि असहनीय तरीकाले पेट दुखिरहेको थियो । बालिकाले आफ्ना अभिभावकहरुसँग त्यसबारेमा भनिन् र पंचकुला सेक्टर ६ को एक अस्पतालमा उनलाई भर्ना गरियो ।

त्यहाँ डाक्टरले बालिकाको केहि परिक्षण पछि पेटमा कपालको गुजुल्टा रहेको पत्ता लगाए डाक्टरले बालिकाको अप्रेसन पश्चात उनको पेटबाट १.५ किलो कपाल निकालेको बताइएको छ ।

डा. विवेक भादू र उनको टिमले बालिकाको सफलता पुर्वक शल्यक्रिया (अप्रेशन) गरेको र अहिले बालिकाको स्वास्थ्य अवस्था ठिक रहेको भारतीय सञ्चारमाध्यमले जनाइएको छ । डा. भादू भन्छन्, ‘बालिकाको पेटमा जम्मा भएको कपाललाई सफलतापुर्वक शल्यक्रिया गर्दा आफूलाई गर्व महसुुस भएको छ ।’

बालिकाको परिवारले डाक्टरलाई खुसी हुँदै आभार व्यक्त गरेका छन् ।