
Web Pic
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१ रुपनीमा शनिबार राति ट्रयाक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
खेत जोतेर फर्किने क्रममा स १ त ४२९३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टर चालक सत्य नारायण चौधरीका १० वर्षीय छोरा नितेष चौधरीको मृत्यु भएको प्रहरी चौकी जोगीदहले जानकारी दिएको छ ।
उनको उदयपुर स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्